सूचनाको शक्ति - The Power Of Information

        

बझाङमा एक पुरुष रुखमा झुन्डीएको अवस्थामा फेला

बझाङ । बझाङमा एकजना पुरुष रुखमा झुन्डीएको अवस्थामा फेला परेका छन् ।

जिल्लाको मष्टा गाउँपालिका–१ कोटदेवलमा बाजुराको गौमुल गाउँपालिका घर भएका अन्दाजी १७ बर्षिय दिपेन्द्र रोकाया झुन्डीएको अवस्थामा फेला परेका जिल्ला प्रहरी कार्यालय बझाङका प्रमुख डिएसपी रुपक खड्काले बताउनुभयो ।

उहाँका अनुसार रोकाया कोटदेवलमा असोज ११ गते देखी ससुराली घरमा आएर यतै बसेको भन्ने बुझ्न आएको र घटना के कती कारणले भएको हो भन्नेबारे नखुलेको समेत डिएसपी खड्काको भनाई छ ।

रोकाया घर भन्दा पर रुखमा झुन्डीएको अवस्थामा फेला परेको र अहिले प्रहरी टोली घटनास्थलमा गएर थप अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।

प्रकाशित मिति : १८ आश्विन २०७८, सोमबार १८:५९