सूचनाको शक्ति - The Power Of Information

        

प्रदेशस्तरीय भलिबलका लागि बझाङबाट खेलाडी छनोट

बझाङ । सुदूरपश्चिम खेलकूद परिषद्को आयोजनामा कैलालीको धनगढीमा यही असोज २० गतेदेखि २३ गतेसम्म सञ्चालन हुने प्रदेशस्तरीय भलिबल प्रतियोगिताका लागि बझाङ जिल्लाबाट पनि पुरुष भलिबल खेलाडी छनोट गरिएको छ ।

जिल्लाभरिका १२ वटै स्थानीय तहबाट आएका खेलाडीहरु विच सदरमुकाम चैनपुरमा भलिबल प्रतियोगिता गराइ खेलाडी छनोट गरिएको जिल्ला खेलकूद समितिका अध्यक्ष पुस्पलाल रोकायाले जानकारी दिनुभएको छ ।

उहाँका अनुसार जिल्लाका १२ वटै स्थानीय तहबाट आएका खेलाडीको प्रतिस्पर्धा गराइ उत्कृष्ट भएका नौ जना खेलाडीलाई छनोट गरी उनीहरुकै टिम बनाइएकोे छ ।

जिल्ला खेलकूद समितिका अनुसार छनोट भएका खेलाडीमा दिनेश शाही, सन्दिप शाही, सुरेस मल्ल, शिरिस सिंह धामी, विकास सिंह, अनिल सिंह, रविन्द्र सिंह, दिनेश धामी, प्रशान्त कठायत छनोट भएका छन् ।

उक्त पुरुष भलिबल प्रतियोगिता कैलालीको धनगढीमा यही असोज २० गतेदेखि २३ सम्म सञ्चालन हुने भएको छ । टिमकोच र व्यवस्थापक सहित छनोट भएका खेलाडीहरु आज कैलालीको धनगडीमा प्रस्थान भएका छन् ।

प्रकाशित मिति : १८ आश्विन २०७८, सोमबार १८:५७