बाँके । खजुरा गाँउपालिका वडा नम्बर ३ का ६६ वर्षीय तिलक बुद्धीबहादुर मगर पक्राउ परेका छन् ।
लेनदेन मुद्दामा उनलाई बाँके जिल्ला अदालतले २०७७ असोज १५ गते ८ महिना कैद सजाय तोकेको थियो ।
उनी हालसम्म फरार रहेका थिए । जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको प्रहरी टोलीले सोमबार उनलार्ई पक्राउ गरी अदालत बुझाएको प्रहरी प्रवक्ता एवम् डिएसपी मधुसुधन न्यौपानेले जानकारी दिए ।
।