सूचनाको शक्ति - The Power Of Information

        

बाघको समुहनै देखियो

बाँके–दाङको सिमानामा बाघको समुहनै देखियो, सावधानी अपनाउन आग्रह

हिडँडुल तथा आवतजावत नगर्न वन कार्यालयको आग्रह

बाँके । पूर्वपश्चिम राजमार्गअन्तर्गत् बाँकेको सीमानामा रहेको दाङको अमिलिया–रिहार सडकखण्डमा पनि चितुवा र बाघको समुह देखा परेको छ ।

आइतवार राती लमही नगरपालिका वडा नम्बर ९ हर्दवामा राजमार्गमै चितुवा र बाघको समूह देखा परेको भन्दै सावधानी अपनाउन डिभिजन वन कार्यालय लमहीले आग्रह गरेको छ ।

वन कार्यालयले उक्त क्षेत्रमा मोटरसाइकल, पैदलमार्ग र खुला सवारीसाधनबाट आवतजावत गर्दा विशेष सावधानी अपनाउन आग्रह गरेको छ । सकेसम्म रातको समयमा एक्लै उक्त क्षेत्र भएर हिडँडुल तथा आवतजावत नगर्न वन कार्यालयको आग्रह छ ।

यसअघि बाँकेको गाभरमा पनि बाघहरु देखिरहेका छन् । एक महिना अघि एकजना मान्छेलाई खाएपछि बाघले गाभर, सौरी, खर्चेलगायतमा विचरण गरिरहेका छन् ।

प्रकाशित मिति : १८ आश्विन २०७८, सोमबार १८:४७