सूचनाको शक्ति - The Power Of Information

        

दाङमा झण्डै ५० किलो सुकुटीसहित दुईजना पक्राउ

दाङ । दाङ देउखुरीबाट जंगली जनावरको झण्डै ५० किलो सुकुटी सहित दुई जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा राजपुर गाउँपालिका वडा नम्बर ७ लैबरुवा निवासी २८ वर्षीय बलबहादुर कुमाल र मीनबहादुर वली रहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता मुकुन्द प्रसाद रिजालले जानकारी दिए ।

गएराति एक बजे राजपुरको कालिपुरुवाबाट सतबरिया तर्फ आउँदै गरेको रा ३ प ३०६० नम्बरको मोटरसाइकललाई शंका लागि नियन्त्रणमा लिई जाँच गर्ने क्रममा चामलको बोराभित्र अन्दाजी २२ किलो र अर्को बोरामा २५ किलो सुकुटी फेला परेको प्रवक्ता रिजालले बताए ।

नियन्त्रणमा रहेका उनीहरुले जंगली जनावरको भनेर बयान दिएको तर त्यो सुकुटी परिक्षणपछि मात्र केको हो भनेर पत्ता लाग्ने प्रवक्ता रिजालको भनाइ छ ।

पक्राउ परेकाहरूलाई कानूनी प्रक्रिया पूरा गरी डिभिजन वन कार्यालय देउखुरीलाई बुझाउने प्रवक्ता रिजालले बताए ।

प्रकाशित मिति : १८ आश्विन २०७८, सोमबार ११:०५