सूचनाको शक्ति - The Power Of Information

        

ब्राजिलका राष्ट्रपतिविरुद्ध हजारौं प्रदर्शनकारीहरु सडकमा

काठमाडौं । ब्राजिलमा राष्ट्रपति जैर बोल्सोनारोको विरोधमा हजारौं प्रदर्शनकारीहरु सडकमा उत्रेका छन् ।

ब्राजिलको विपक्षी दल र ट्रेड युनिएनको संयुक्त आयोजनामा गरिएको प्रदर्शनमा हजारौं सर्वसाधारणको सहभागिता रहेको छ ।

राष्ट्रपति बोल्सोनारोले कोरोना महामारी नियन्त्रणमा लापरवाही गरेका कारण ६ लाख भन्दा बढीको ज्यान गुमाउनु परेको भन्दै उनीहरुले राष्ट्रपतिको पदत्यागको माग गर्दै नारबाजी गरेका हुन् ।

प्रदर्शनकारीहरुले राष्ट्रपतिका कारण देशमा भ्रष्टाचार, गरिबी, भोकमरीको समस्या बढेको भन्दै लोकतन्त्रका रक्षाका लागि जनता एकजुट भएको बताएका छन् ।

ब्राजिलको रियो दि जेनेरियो लगाएत १ सय ६० शहरमा एकै समय भेला भएका प्रदर्शनकारीहरुले राष्ट्रपतिले पदत्याग नगरेसम्म प्रदर्शन जारी राख्ने बताएका छन् ।

यसैबीच, ब्राजिलको तल्लो सदनमा राष्ट्रपति बिरुद्ध महाअभियोगको मुद्दा दायर गरिएको छ ।

प्रकाशित मिति : १८ आश्विन २०७८, सोमबार १०:२३