सूचनाको शक्ति - The Power Of Information

        

समाचार

एमालेमा १५ सदस्यीय पदाधिकारी, हटाइयो पोलिटब्युरो

काठमाडौं । नेकपा एमालेमा अध्यक्षसहित १५ जना पदाधिकारी रहने भएका छन् । एमालेको विधान महाधिवेशनमा पार्टीका उपमहासचिव विष्णु पौडेलले सहभागीहरूको सुझावसहित नयाँ व्यवस्था गरेको सुनाएका हुन् ।

अब एमालेमा अध्यक्ष एक, वरिष्ठसहित उपाध्यक्ष पाँच, महासचिव एक, उपमहासचिव एक, सचिव सात जना रहने पौडेलले बताए । एमालेले पहिलो पटक वरिष्ठ उपाध्यक्षको व्यवस्था गरेको हो । यसअघिको प्रस्तावमा एमालेले उपमहासचिव नराख्ने प्रस्ताव गरेको थियो । नयाँ पुस्तालाई पनि नेतृत्वमा विकास गर्न ४५ सदस्यीय स्थायी कमिटी बनाइने भएको छ ।

यस्तै एमालेमा अब तीन तह मात्रै रहने भएको छ । महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटी, स्थायी कमिटी र सचिवालयमात्रै रहने पौडेलले बताए । पार्टी सञ्चालनमा समस्या हुने भएकाले पोलिटब्युरोको हटाइएको उनले जानकारी दिए ।

प्रकाशित मिति : १७ आश्विन २०७८, आइतवार १५:०५