सूचनाको शक्ति - The Power Of Information

        

समाचार

कम्युनिष्ट नेता मोहन वैद्यले भने, ‘राजतन्त्र फर्काउनुपर्छ’ (भिडियोसहित)

काठमाडौं । नेपालको माओवादी आन्दोलनका वैचारिक नेता भनेर चिनिने मोहन वैद्यले राजतन्त्र फर्काउनुपर्नेमा जोड दिएका छन् । एक टेलिभिजनसँग अन्तर्वार्ताका कैममा नेता वैद्यले पूर्वराजा ज्ञानेन्द्रले नयाँ ढंगले सोचे भने राजतन्त्र फर्काउन आवश्यक रहेको बताएका हुन् ।

देशको राष्ट्रियता र स्वाधीनता खतरामा परेको भन्दै नेता मोहन वैद्यले राजतन्त्र अर्काउनुपर्ने तर्क गरेका छन् । अहिले राजा छैन, एउटा शक्ति चाँहि छ । तर त्यो शक्ति नयाँ किसिमले आएमा सहकार्य गर्ने इच्छा वैद्यले राखेका छन् । कम्बोडियामा पनि नरोद्दम सिंहानुकले कम्युनिष्टहरुसँग मिलेर गएको उनले उदाहरण दिए ।

नेपालमा पनि ज्ञानेन्द्रले त्यसरी आएमा पुरानै पूर्वागैहमा नबस्ने उनको जिकिर छ । ‘नयाँ परिस्थिथि अनुसार जानुपर्यो । देशको रक्षा अब संसदवादीबाट सम्भव छैन । साँच्चिकै देश र जनताको रक्षा गर्ने हो भने देशभक्त र कम्युनिष्टहरु भएर भएर जाने हो भने त्यसपछि सोच्न सकिन्छ,’ उनले भने ।

पछिल्लो समयमा जनमत संग्रहको माग गर्दै विप्लव नेतृत्वको नेकपाले माग उठाउँदै आएपछि वैद्यले विप्लवसँग संयुक्त मोर्चा निर्माण गरेका छन् । वैद्यको यो अभिव्यक्ति विप्लवको रणनीति भएकोसमेत विश्लेषण हुन थालेको छ । संसदीय व्यवस्थाको विकल्पमा अगाडि जानुको साटो फेरी संवैधानिक राजतन्त्रको वकालत गर्ने अवस्थामा वैद्य पुगेको भन्दै उनको व्यापक आलोचना हुन थालेको छ ।

वैद्यले ज्ञानेन्द्रमात्रै सामन्तवाद नभएकोसमेत बताएका छन् । सामन्त त अरु पनि रहेको उनको तर्क छ । विगतमा सामन्तवादसँग प्रमुख अन्तरविरोध रहेको भन्दै माओवादीले जनयुद्ध शुरु गरेको थियो । वैद्यले भने राजतन्त्रमात्रै सामन्तवादको प्रतिक नभएको नयाँ तर्क अघि सारेका हुन् । उनले भनेको राजा र कम्युनिष्ट मिलेको व्यवस्था कस्तो हो ? भन्ने विषयमा स्पष्ट धारणा भने सार्वजनिक गरेका छैनन् ।

प्रकाशित मिति : १७ आश्विन २०७८, आइतवार १२:२३