सूचनाको शक्ति - The Power Of Information

        

समाज

बालविवाह रोक्न चुनौती : तिन बर्षसम्म कसैले गरेनन् २० बर्ष उमेर पुगेर विवाह

४५ प्रतिशत जतीले अहिले पनि बालविवाह

बझाङ । बझाङको साईपाल गाउँपालिकाले २०७६ सालदेखी बालविवाह न्युनिकरणको लागी २० बर्ष भन्दा बढी उमेर भैसकेपछी विवाह गरेका केटाकेटीलाई पुरस्कार दिने भन्ने योजना बनायो ।

सोहि योजना अनुरुप गाउँपालिकाले २० बर्ष उमेर पुगी विहे गर्ने केटाकेटी दुबैलाई २० हजार रुपैयाँ पुरस्कार दिने घोषणा गर्यो । २०७६ साल देखी अहिले सम्म वडा कार्यालयमा विवाह दर्ता गराउन कोहि आएनन् ।

गाउँपालिका भरी तिन बर्षमा करिब ३० जना बालबालिकाले उमेर नपुगेर विहे गरेको गाउँपालिका अध्यक्ष राजेन्द्र बहादुर धामीले बताउनुभयो । उहाँले भन्नुभयो,‘ गाउँपालिकामा पहिले करिब ७० प्रतिशत बालविवाह हुने गथ्र्यो ।

त्यसको तुलनामा ४५ प्रतिशत जतीले अहिले पनि बालविवाह हुने गरेको छ । पछील्लो समय गाउँपालिकाले बालविवाह पुरस्कार दिएर मात्र न्युनिकरण गर्न नसकिने देखि पछी घरका अविभावकलाई छोराछोरीको सानै उमेरमा विहे गर्नु भन्दा उमेर पुगेपछी विहे गरिदिने र अहिले छोरी मागेपछी केटा पक्षले उस्को पढाई खर्च बेहोर्नुपर्ने र उमेर पुगी सकेपछी मात्रै विहे गर्न सुझाव दिएका छौ ।

बालविवाह रोक्न निकै चुनौती छ ।’ विध्यालयमा मात्र हैन गाउँमै गएर पनि अभिभावकहरुलाई सम्झाउने गरेको भएपनि बालविवाह न्युनिकरण हुन नसकेको गाउँपालिका अध्यक्ष धामीले बताउनुभयो ।

साईपाल गाउँपालिकाको धुलीमा केहि समय अघि बालविवाह गरेको भनेर विध्यालयले वडाकार्यालयमा रोक्नको लागी उजुरी दिएपछी वडाकार्यालय र गाउँपालिकाले रोकेको वडानम्बर ४ का वडाअध्यक्ष जयसिंह रोकायाले बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘गाउँमा बालविवाह गरेपनी कसैले पनि उजुरी दिदैनन् । विहे गाउँमै हुने भएका कारण पनि धेरै जसो बालविवाह हुने गरेको र विध्यालयमा गएर बालविवाह गर्नु हुन्न भनेर जनचेतनामुलक कार्यक्रम गरेपनि केहि परिवतर्न नआएको वडा अध्यक्ष रोकायाले बताउनुभयो ।

गाउँमा जनचेतना र शिक्षाको अभावका कारण धेरै जसो बालविवाह हुने गरेको स्थानिय तथा गाउँपालिका इन्जिनियर तिलक विकले बताउनुभयो । बालविवाहले धेरै समस्या निम्त्याउछ, वालविवाह गर्नु हुन्न भनेर बर्षेनी विध्यालयहरुमा शिक्षक, विध्यार्थी र अभिभावकहरु संग गाउँपालिकाले र संघसंस्थाहरुले सुझाव सल्लाहा दिदा पनि कुनै परिवर्तन नभएको विकले बताउनुभयो ।

साथै स्थानियहरुले विवाह दर्ता गर्न वडा कार्यालयमा नआउने र धेरै जसो विवाह गरेर छोराछोरी भैसकेपछी विवाह दर्ता गर्ने भएकाले यो बर्षमा यति जनाले विवाह गरे वडा भरी भन्ने तथ्याङ्क राख्नै कठिन हुने गरेको साईपाल गाउँपालिका वडानम्बर ५ न्युनाकी वडा सचिव सुम्नीमा गिरीले बताउनुभयो । उहाँले भन्नुभयो, ‘विवाह दर्ता गरेर केनै हुन्छ र के पाईन्छ हामीलाई भनेर उल्टै सोध्छन ।’

पहिला पहिला किरा टिप्ने ठाउँमै गएर मन परेपछी उतै विहे गर्ने प्रचलन रहेको भए पनि पछिल्लो समय त्यसमा भने न्युनिकरण भएको सचिव गिरीले बताउनुभयो ।

प्रकाशित मिति : १७ आश्विन २०७८, आइतवार ०९:१०