सूचनाको शक्ति - The Power Of Information

        

ईलाका प्रहरी कार्यालय जमुनाह बाँकेमा नयाँ ईन्चार्ज

नेपालगन्जस्थित नेपाल–भारत सीमा जमुनाहा नाका ।

बाँके । ईलाका प्रहरी कार्यालय जमुनाह बाँकेमा नयाँ ईन्चार्ज आएका छन् ।

जिल्ला प्रहरी कार्यालय बाँकेले प्रहरी नायब निरीक्षक(सई) मीनबहादुर विष्टलाई जमुनाह प्रहरीको जिम्मेवारी दिएपछि उनी त्यहाँ गएका हुन् ।

बाँके प्रहरीले जमुनाहका प्रहरी नायब निरीक्षक (सई) पूर्ण खत्रीलाई कारबाही गरि जिल्ला तानेपछि उनको ठाउँमा नयाँ इन्चार्जका रुपमा सई विष्टलाई जिम्मेवारी दिइएको हो ।

जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता एवम डिएसपी मधुसुदन न्यौपानेले जमुनाहबाट सई खत्रीलाई हटाई विष्टलाई इन्चार्जको जिम्मा दिएको बताए ।

जमुनाह प्रहरीको नयाँ इन्चार्जको कमाण्ड सम्हालेका सई विष्ट यसअघि वडा प्रहरी कार्यालय नेपालगन्जमा कार्यरत थिए ।

प्रकाशित मिति : १६ आश्विन २०७८, शनिबार ०८:५३