सूचनाको शक्ति - The Power Of Information

        

नेपालगञ्जको भाटभटेनीलाई २ लाख जरिवाना

बाँके  । नेपालगञ्जमा सञ्चालन रहेको भाटभटेनी सुपर मार्केट एण्ड डिपार्टमेन्ट स्टोरलाई कुकुरको खाना बढी मुल्यमा बेच्ने नेपालगञ्जको भाटभटेनीलाई २ लाख जरिमाना गरिएको छ । संयुक्त बजार अनुगमन टोलीले शुक्रबार दुइ लाख रुपैयाँ जरिमाना गरेको हो ।

बाँकेको संयुक्त अनुगमन टोलीले बजार अनुगमनका क्रममा भाटभटेनी सुपर मार्केटले कुकुरका लागि तयारी खानेकुरा ‘डग फुड्स’मा ३० प्रतिशत भन्दा बढी मुल्य बढाएर बिक्रि बितरण गरेको भेट्टाएपछि सो जरिवाना गरेको हो ।

वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय, नेपालगञ्जका प्रमुख कृष्णप्रसाद पौड्यालले भाटभटेनी सुपरमार्केटले कुकुरलाई खुवाउने खानेकुरा ‘डग फुड्स’मा अत्याधिक मुनाफा लिनेगरी बिक्रि बितरण गरेको पाईएकोले मुल्य समायोजन गरि बिक्रि वितरण गर्ने चेतावनी सहित २ लाख जरिवाना गरिएको बताए ।

मंगलबार मात्र भाटभटेनी सुपरमार्केटमा मात्र बिक्रि बितरणको लागि तयार गरिने बेकरी उद्योगमा संयुक्त अनुगमन समितिले अनुगमन गर्दा बेकरी उत्पादनको लागि प्रयोग हुने सबै कच्चा पदार्थ म्याद गुजे्रको अवस्थामा पाईएकोले उद्योग सिज गरी भेटिएको सबै म्याद गुज्रेको कच्चा पदार्थ नियन्त्रणमा लिई २ लाख जरिवाना गरेको थियो ।

प्रकाशित मिति : १६ आश्विन २०७८, शनिबार ०८:४९