सूचनाको शक्ति - The Power Of Information

        

राजनीति

नेकपा एमाले विधान महाधिवेशनः आजदेखि समूहगत छलफल सुरु हुँदै

‘सनराइज सम्मेलन केन्द्र’मा छुट्टाछुट्टै स्थान

काठमाडौं । हिजो शुक्रबारदेखि सुरु नेकपा एमालेको विधान महाधिवेशनमा आज शनिवारदेखि समूहगत छलफल सुरु हुँदैछ।

शुक्रबार प्रस्तुत अध्यक्ष केपी शर्मा अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदन, महासचिव ईश्वर पोखरेलको संगठनात्मक प्रस्ताव र उपमहासचिव तथा संगठन विभाग प्रमुख विष्णुप्रसाद पौडेलले विधान संशोधन प्रस्तावमाथि छलफल हुन लागेको हो।

छलफलको लागि विभिन्न समूहलाई विधान महाधिवेशन स्थल गोदावरीस्थित ‘सनराइज सम्मेलन केन्द्र’मा छुट्टाछुट्टै स्थानको व्यवस्था गरिएको छ।

समूहगत छलफलका लागि बिहान साढे ८ बजेदेखिको समय निर्धारण गरिएको छ। दिउँसो २ बजे महाधिवेशनको पूर्ण सत्र सुरु हुनेछ। समूहगत छलफलको निष्कर्ष त्यहाँ प्रस्तुत हुनेछ।

दस्तावेजहरुमाथि छलफलका लागि प्रदेश १ को समूहको सहजीकरण सुवास नेम्वाङ र भीम आचार्यले गर्नेछन्। देवराज घिमिरेले अध्यक्षता गर्नेछन्। प्रदेश २ को समूहको सहजीकरण सत्यनारायण मण्डल र रघुवीर महासेठले गर्नेछन्।

अध्यक्षता ज्वाला साहले गर्नेछिन्। यस्तै, बागमती प्रदेश समूहको सहजीकरण अष्टलक्ष्मी शाक्य र रामबहादुर थापा ‘बादल’ ले गर्नेछन्। अध्यक्षता आनन्द पोखरेलले अध्यक्षता गर्नेछन्।

गण्डकी प्रदेश समूहको सहजीकरण पृथ्वीसुब्बा गुरुङ र किरण गुरुङले गर्नेछन्। अध्यक्षता जगत विश्वकर्माले गर्नेछन्। लुम्बिनी प्रदेश समूहको सहजीकरण विष्णु पौडेल र शंकर पोखरेलले गर्नेछन्। अध्यक्षता लिला गिरीले गर्नेछन्।

कर्णाली प्रदेश समूहको सहजीकरण युवराज ज्ञवाली र यामलाल कँडेलले गर्नेछन्। अध्यक्षता गोरखबहादुर बोगटीले गर्नेछन्। सुदूरपश्चिम प्रदेश समूहको सहजीकरण भीम रावल र लेखराज भट्टले गर्नेछन्। अध्यक्षता कर्ण थापाले अध्यक्षता गर्नेछन्।

उपत्यका विशेष कमिटी, सम्पर्क समन्वय कमिटी र प्रवास क्षेत्रबाट आएकाहरुको समूहको सहजीकरण छविलाल विश्वकर्मा र राजन भट्टराईले गर्नेछन्। अध्यक्षता सुजिता शाक्यले गर्नेछिन्।

जनसंगठनहरुको समूहको सहजीकरण गोकर्ण विष्ट र टोपबहादुर रायमाझीले गर्नेछन्। अध्यक्षता सुनिता बरालले गर्नेछिन्। यस्तै, केन्द्रीय निकाय र केन्द्रीय विभाग समूहको सहजीकरण अमृत बोहरा र पुष्प कँडेलले गर्ने जनाइएको छ। अध्यक्षता भानु ढकालले गर्नेछन्।

शुक्रबारकै कार्यसूचीमा रहेको केन्द्रीय अनुशासन आयोग, केन्द्रीय लेखापरीक्षण आयोग र सल्लाहकार परिषद्को प्रतिवेदनलाई पनि आजैको पूर्ण सत्रमा प्रस्तुत गरिनेछ।

ती प्रतिवेदनलाई समूहगत छलफल गरिरहनु नपर्ने भएकाले पूर्ण सत्रमा प्रस्तुत गर्न लागिएको एमाले सचिव प्रदीपकुमार ज्ञवालीले बताए।

प्रकाशित मिति : १६ आश्विन २०७८, शनिबार ०८:२४