सूचनाको शक्ति - The Power Of Information

        

थपिए १०६६ जना कोरोना संक्रमित, १३ जनाको मृत्यु

फाइल तस्वीर

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा १०६६ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा मन्त्रालयका अनुसार पीसीआर विधिबाट ८९८ र एन्टिजेन विधिबाट १६८ जनामा संक्रमण देखिएको हो ।

यस्तै, आज थप ९३८ जना कोरोना संक्रमण मुक्त भएका छन् । पछिल्लो २४ घण्टामा संक्रमणबाट थप १३ जनाको मृत्यु भएको छ ।

प्रकाशित मिति : १५ आश्विन २०७८, शुक्रबार १७:२८