सूचनाको शक्ति - The Power Of Information

        

एमालेको विधान महाधिवेशन

प्रचण्डका कारण एकीकरण प्रक्रिया निष्कर्षमा नपुगी टुङ्गियाे : एमाले अध्यक्ष ओली

कम्युनिस्ट आन्दोलनलाई एकताबद्ध बनाउने प्रयास जारी

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पुष्पकमल दाहाल प्रचण्डले पार्टी कब्जा गर्ने प्रयास असफल भएपछि पार्टीलाई विभाजन गर्ने काम गरेको आरोप लगाउनुभएको छ ।

अध्यक्ष ओलीले सके पार्टी कब्जा गर्ने नसके विभाजन गर्ने प्रचण्डका सोच र व्यवहारका कारण एकीकरण प्रक्रिया निष्कर्षमा नपुगिकन टुङ्गिएको बताउनुभयो ।

पार्टीको विधान महाधिवेशनमा राजनीतिक प्रतिवेदन पेस गर्दै उहाँले माधव नेपालको कुण्ठा, निहित स्वार्थ र विभाजनकारी क्रियाकलापले पनि पार्टी विभाजनमा ठूलो भूमिका खेलेको बताउनुभयो ।

उहाँले कम्युनिस्ट आन्दोलनलाई एकताबद्ध बनाउने प्रयास जारी राख्ने प्रतिबद्धतासमेत व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, ‘सके पार्टी कब्जा गर्ने नसके विभाजन गर्ने प्रचण्डका सोच र व्यवहारका कारण एकीकरणको प्रक्रिया निष्कर्षमा नपुगिकन टुङ्गिएको छ ।

यसो हुनुमा नवौँ महाधिवेशनबाट पारित नीति र नेतृत्वविरुद्ध अन्त्यहीन गुटबन्दीमा संलग्न माधव नेपालको कुण्ठा, निहित स्वार्थ र विभाजनकारी क्रियाकलापको समेत ठूलो भूमिका छ ।’

प्रकाशित मिति : १५ आश्विन २०७८, शुक्रबार १७:२७