बाँके । बाँकेमा शुक्रवार थप १३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
९३ नमुना परीक्षण गर्दा थप १३ जनामा भाइरस संक्रमण पुष्टि भएको हो ।
भेरी अस्पतालमा ११, मेडिकल कलेज कोहलपुरमा १ र बागेश्वरी ल्याबमा १ जना गरि १३ जनामा भाइरस संक्रमण देखिएको हो । तीमध्ये बाँकेका ७ जना छन् । योसंगै बाँकेमा कुल संक्रमितको संख्या १८ हजार २३२ पुगेको छ ।
यस्तै शुक्रवार थप २६ जना डिस्चार्ज भएका छन् । योसँगै डिस्चार्ज हुनेको संख्या १७ हजार ८३६ पुगेको छ । अस्पतालमा तीनजनाको भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ भने ४ जना सिकिस्त र १४ जना मध्यम विरामी छन् ।
।