सूचनाको शक्ति - The Power Of Information

        

बहुविवाह मुद्दामा सजाय पाएर फरार महिला पक्राउ

बाँके । बहुविवाह मुद्दाकी फरार अभियुक्त खजुरा गाउँपालिका–५ बस्ने २६ वर्षीया बिना खटिकलाई शुक्रवार प्रहरीले पक्राउ गरेको छ । फरार रहेकी उनलाई जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।

जिल्ला अदालत बाँकेको २०७७ कात्तिक २० गतेको फैसलाले बहुविवाह मुद्दामा ११ महिना १२ दिन कैद फैसला गरेको थियो । उनलाई फैसला कार्यान्वयनका लागि जिल्ला अदालत बाँकेमा बुझाइएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।

प्रकाशित मिति : १५ आश्विन २०७८, शुक्रबार १२:३८