सूचनाको शक्ति - The Power Of Information

        

संसद् चल्न नदिने एमालेको रणनीति

यी बिषयमा नेकपा एमालेको आपत्ती, संसद् कुनै हालतमा चल्न नदिने

आफ्ना सांसदको कारवाहीका बिषयमा सभामुखसंग आपत्ती

काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा एमालेले संघीय संसद्को बैठकमा अवरोध  गर्दै आइहेको छ । संसद्को बैठकमा भएको अवरोधका बिषयमा छलफल गर्न बिहीबार बिहान प्रधानमन्त्री शेरबहादुर देउवाले सर्वदलीय बैठक बोलाए पनि एमाले सहभागी भएन ।

सत्ताबाट बाहिरिनुपरेको आक्रोशका कारण एमालेले बैठक बहिष्कार गर्यो।  आफ्नो माग पूरा नभएसम्म संसद् चल्न नदिने रणनीति बनाएको एमालेले सहमतीमा आउन चाहेन । एमालेका प्रमुख सचेतक विशाल भट्टराईले आफ्ना मागका बारेमा सरकारले एमालेलाई मात्र छलफलमा बोलाउनुपर्ने बताए ।

उनले अरु गठबन्धन दलसंग बसेर छलफल गर्न आवश्यक नरहेको र एमालेलाई मात्र बोलाए छलफलमा सहभागी हुने बताए । उनले आफ्ना सांसदको कारवाहीका बिषय र पार्टी फुटाउन संसद छलेर अध्यादेश ल्याउने र फिर्ता गर्ने बिषयमा आफुहरुको आपत्ती रहेको बताए ।

एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री हुँदा दुईपटकसम्म प्रतिनिधिसभा विघटन गरेका थिए। ओलीको यस कदमको सर्वोच्च अदालत अवैध ठहर गरेको थियो । तर अहिले भने संसद् कुनै हालत चल्न नदिने रणनीतिमा एमाले छ ।

आफ्ना सांसदको कारवाहीका बिषयमा एमालेले सभामुखसंग आपत्ती  जनाउँदै आइरहेको छ । तर सभामुख भने यस बिषयमा कुनै वास्ता गरिरहेका छैनन् ।

 

प्रकाशित मिति : १५ आश्विन २०७८, शुक्रबार १०:००