सूचनाको शक्ति - The Power Of Information

        

ईपीएल क्रिकेटमा आज दुई खेल हुँदै

काठमाडौं । एभरेष्ट प्रिमियर लिग (ईपीएल) क्रिकेटमा आज दुई वटा खेलहरु हुँदैछन् ।

त्रिवि क्रिकेट मैदानमा बिहान साढे ९ बजे विराटनगर वारियर्स र ललितपुर प्याट्रीयट्स खेल्नेछन् । करण केसीको कप्तानीमा रहेको विराटनगर पहिलो जितको खोजीमा हुनेछ ।

विराटनगरले अघिल्ला दुई खेलमा हार बेहाेरेकाे थियो । यस्तै दिउँसो साढे एक बजे पोखरा राइनोज र चितवन टाइगर्सबीच प्रतिस्पर्धा हुनेछ ।

सोमपाल कामीको कप्तानीमा रहेको चितवन लगातार तेस्रो जित निकाल्ने योजनामा छ । चितवनले अघिल्ला दुवै खेल जितेको थियो ।

प्रकाशित मिति : १५ आश्विन २०७८, शुक्रबार ०९:२९