सूचनाको शक्ति - The Power Of Information

        

थप १०७८ जनामा कोरोना संक्रमण, १२ को मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा १ हजार ७८ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा पीसीआर विधिबाट ८ हजार ५५५ र एन्टिजेन विधिबाट ३ हजार २१० जनामा परिक्षण गर्दा १ हजार ७८ जनामा कोरोना संक्रमण देखिएको हो ।

यससँगै नेपालमा कुल संक्रमितको संख्या पीसीआरबाट ७ लाख ९५ हजार ६१ र एन्टिजेनबाट ९१ हजार ५५३ जना पुगेको छ । यस्तै, आज थप ९११ जना कोरोना संक्रमण मुक्त भएका छन् ।

यससँगै कुल कोरोना संक्रमण मुक्त हुनेको संख्या ७ लाख ६५ हजार ७५८ जना पुगेको छ । निको हुने दर ९६.३ प्रतिशत रहेको छ । पछिल्लो २४ घण्टामा संक्रमणबाट थप १२ जनाको मृत्यु भएको छ ।

नेपालमा कोरोनाबाट ज्यान गुमाउनको कुल संख्या ११ हजार १३५ पुगेको छ । हाल देशभर सक्रिय संक्रमितको संख्या १८ हजार १६८ रहेको छ ।

प्रकाशित मिति : १४ आश्विन २०७८, बिहीबार १८:४०