सूचनाको शक्ति - The Power Of Information

        

एमालेको प्रथम विधान महाधिवेशन

एमालेको प्रथम विधान महाधिवेशनको तयारी पूरा, को को छन् प्रतिनिधि ?

६ हजार प्रतिनिधि सहभागी हुने

काठमाडौं । नेकपा एमालेले ललितपुरको गोदावरीस्थित सनराइज सम्मेलन केन्द्रमा यही असोज १५–१७ मा आयोजना गरेको प्रथम विधान महाधिवेशनको तयारी पूर्ण भएको छ ।

नेकपा माओवादी केन्द्र त्यागेर एमाले प्रवेश गरी स्थायी कमिटी सदस्य रहेका नेता रामबहादुर थापा बादल संयोजक रहने गरी विधान महाधिवेशनको समिति बनाइएको छ ।

उक्त समितिको तर्फबाट बोल्दै बादलले तयारी पूर्ण भएको जानकारी दिए । केन्द्रीय समितिबाट पाएको जिम्मेवारीअनुसार महाधिवेशनको व्यवस्थापनलाई चुस्तदुरुस्त गर्न सक्रिय रहेको बादलले जानकारी दिएका छन् ।

उनले महाधिवेशनको सम्पूर्ण तयारी पूरा भइसकेको बताए । बादलको नेतृत्वमा गठन भएको विधान महाधिवेशन मूल व्यवस्थापन समितिमा शेरबहादुर तामाङ, कृष्णगोपाल श्रेष्ठ, खिमलाल भट्टराई, महेश बस्नेत, विनोद श्रेष्ठ, सुजिता शाक्य, सुशिला नेपाल र पासाड।

शेपा सदस्य छन् ।समितिले पाएको जिम्मेवारी कार्य विभाजनसहित कार्यसम्पादन गरिरहेको बादलले उल्लेख गरेका छन् । समितिले पत्रकार सम्मेलनमा दिएको जानकारीअनुसार शुक्रबार दिउँसो १२ः १५ बजे महाधिवेशनको उद्घाटन अध्यक्ष केपी शर्मा ओलीले गर्नेछन् ।

ललितपुरको सनराइज हलमा हुने सम्मेलनको बेलुन उडाउनुका साथै राष्ट्रिय गान गाएर उद्घाटन गरिनेछ । उद्घाटन सत्रलाई अध्यक्ष ओली लगायतका नेताहरुले सम्बोधन गर्नेछन् । उद्घाटन सत्रपछि तीनवटा प्रस्ताव पेश गरिने र दोस्रो दिन १६ गते समूहगत छलफल हुनेछन् । १७ समूहगत छलफलबाट आएका सुझावको संक्षेपीकरण गर्दै सम्मेलन समापन गर्ने तयारी रहेको छ ।

उक्त महाधिवेशनमा ६ हजार प्रतिनिधि सहभागी हुने भएका छन् । मूल सभाहलमा ३ हजार प्रतिनिधिहरु रहनेछन् भने हलको दायाँ वायाँको खाली हलहरूमा १/१ हजार प्रतिनिधिहरूको लागि बस्ने प्रबन्ध गरिएको छ ।

हलको दायाँ वायाँका प्यासेजहरुको माथिल्लो खाली भागमा टेन्ट टाँगेर थप आवश्यक पर्न सक्ने १-१ हजार क्षमताका हल निर्माण गरिएको छ । समूह गत छलफलका लागि पनि व्यवस्थित स्थानहरु तय गरिएको बताइएको छ।

प्रकाशित मिति : १४ आश्विन २०७८, बिहीबार १८:२३