बाँके । बाँकेमा बिहीवार थप १७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
९४ नमुना परीक्षण गर्दा थप १७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।
भेरी अस्पतालमा ११, मेडिकल कलेज कोहलपुरमा ४ र बागेश्वरी ल्याबमा २ जना गरि १७ जनामा भाइरस संक्रमण देखिएको हो ।
तीमध्ये बाँकेका ६ जना छ्न । योसंगै बाँकेमा कुल संक्रमितको संख्या १८ हजार २१९ पुगेको छ ।
यस्तै बिहीवार थप ७ जना डिस्चार्ज भएका छन् । योसँगै डिस्चार्ज हुनेको संख्या १७ हजार ८१० पुगेको छ ।
अस्पतालमा तीनजनाको भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ भने ५ जना सिकिस्त र २२ जना मध्यम विरामी छन् ।
।