सूचनाको शक्ति - The Power Of Information

        

नेता नेपालको स्वास्थ्यमा सुधार

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालको स्वास्थ्यमा सुधार आएको छ ।

स्वास्थ्यमा समस्या देखिएपछि हिजो उहाँलाई शिक्षण अस्पताल महाराजगञ्जमा भर्ना गरिएको हो ।

नेपाललाई ज्वरो आउनुका साथै खोकी लागेको उहाँका स्वकीय सचिव मोहन गौतमले जानकारी दिनुभयो ।

नेता नेपालको उपचारमा वरिष्ठ छाती रोग विशेषज्ञ डाक्टर सन्तकुमार दाससहितको टोली खटिएको छ ।

प्रकाशित मिति : १४ आश्विन २०७८, बिहीबार १०:०२