सूचनाको शक्ति - The Power Of Information

        

आईपीएलमा बेङ्ग्लाेरले राजस्थानलाई ७ विकेटले हरायाे

काठमाडौं ।  इन्डियन प्रिमियर लिग आईपीएल क्रिकेटमा रोयल च्यालेञ्जर्स बेङ्ग्लाेर विजयी भएको छ ।

दुबईमा गएराति भएको खेलमा बेङ्ग्लाेरले राजस्थान रोयल्सलाई ७ विकेटले हराएको हो । राजस्थानले दिएको १ सय ५० रनको लक्ष्य बेङ्ग्लाेरले १७ बल बाँकी छँदै भेट्टायो ।

बेङ्ग्लाेरका लागि ग्लेन म्याक्स्वेलले अविजित रहँदै ५० रनको अर्धशतकीय पारी खेले । श्रीकर भारतले ४४ रन जोड्दा कप्तान विराट कोहलीले २५ रन बनाए । देवदत्त पड्डीकलले २२ रन बनाए। राजस्थानका मुस्ताफिजुर रहमानले २ विकेट लिए ।

यसअघि पहिले ब्याटिङ गरेको राजस्थानले २० ओभरमा ९ विकेट गुमाएर १ सय ४९ रन बनाएको थियो । राजस्थानका लागि इभिन लेविसले ५८ रनको अर्धशतकीय पारी खेले । याशस्भी जैसवालले ३१ रन जोड्दा कप्तान सञ्जु सामसनले १९ रन बनाए ।

बेङ्ग्लाेरका हर्सल पटेलले ३ तथा युजभेन्द्र चाहल र शाहबाज अहमेदले २/२ विकेट लिए । जितसँगै बेङ्ग्लाेरले ११ खेलमा १४ अङ्क जोडेको छ । बेङ्ग्लाेर तेस्रो स्थानमा रहेको छ । राजस्थान ८ अङ्क जोडेर सातौँ स्थानमा रहेको छ ।

प्रकाशित मिति : १४ आश्विन २०७८, बिहीबार ०७:४८