सूचनाको शक्ति - The Power Of Information

        

स्वास्थ्यमा समस्या देखिएपछि माधव नेपाल अस्पताल भर्ना

काठमाडौँ । नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालको स्वास्थ्यमा समस्या देखिएपछि अस्पताल भर्ना भएका छन् ।

ज्वरो र खोकीको समस्या देखिएपछि बुधबार उनी त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा भर्ना भएको उनको स्वकीय सचिवालयले जनाएको हो।

अध्यक्ष नेपालको स्वास्थ्य अवस्था सामान्य रहेको र केही दिन आरामसहित उपचार गर्नुपर्ने सल्लाह चिकित्सकहरुले दिएको उनका स्वकीय सचिव मोहन गौतमले बताए।

गौतमका अनुसार नेता नेपालको त्रिवि शिक्षण अस्पतालका वरिष्ठ छाति रोग विशेषज्ञ डा. सन्तकुमार दाससहितको टोली उपचारमा संलग्न रहेको छ ।

स्वकीय सचिव गौतमले फेसबुकमा यस्तो लेखे छन् –

स्वास्थ्य जानकारी !
नेपाल कम्युनिष्ट पार्टी (एकिकृत समाजवादी)का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालज्यू ज्वरो र खोकीको समस्याका कारण आज त्रि.वि. शिक्षण अस्पताल महाराजगन्जमा भर्ना हुनुभएको छ । उहॅाको स्वास्थ्य अवस्था सामान्य रहेको र केही दिन आराम सहित उपचार गर्नुपर्ने चिकित्सकहरूको सल्लाह रहेको छ । उहॅाको उपचारमा त्रि.वि. शिक्षण अस्पतालका वरिष्ठ छाती रोग विशेषज्ञ डा. सन्तकुमार दास सहितको टोली संलग्न रहेको छ । उहॅाको शीघ्र स्वास्थ्य लाभको कामना गर्नुहुने सबैप्रति हार्दिक आभार प्रकट गर्दै स्वास्थ्य संवेदनशीलताका कारण अस्पतालमा भेटघाट बन्द गरिएको व्यहोरा सम्बन्धित सबैमा सादर अनुरोध छ ।
२०७८ असोज १३ गते बेलुकी ८:१० बजे
नीजि सचिवालय

प्रकाशित मिति : १४ आश्विन २०७८, बिहीबार ०७:३८