सूचनाको शक्ति - The Power Of Information

        

चट्याङ लागेर बर्दियाको राजापुरमा एक पुरुषको मृत्यु

बर्दिया । चट्याङ लागेर बर्दियाको राजापुरमा एक पुरुषको मृत्यु भएको छ ।

राजापुर नगरपालिका वडा नम्बर– १० मा का गुमानसिंह चौधरीको मृत्यु भएको हो ।

मङ्गलबार साँझ धान खेतमा गएका समयमा चट्याङ लागेर ४१ वर्षीय चौधरीको मृत्यु भएको ईलाका प्रहरी कार्यालय बर्दियाले जनाएकोछ ।

चट्याङ लागेर घाइते भएका थारुको प्राथमिक स्वास्थ केन्द्र राजापुरमा उपचारका क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यलय राजापुरका प्रहरी निरीक्षक सन्तोष घिमिरेले बताए ।

प्रकाशित मिति : १३ आश्विन २०७८, बुधबार १६:३४