सूचनाको शक्ति - The Power Of Information

        

कोहलपुर नगरपालिका वडा नं. ८ पिपरीमा प्रवेशद्वार निमार्ण हुँदै

बाँके । कोहलपुर नगरपालिका वडा नं. ८ पिपरीमा स्वागत प्रवेशद्वार निमार्ण हुँदैछ । ३ लाख ५१ हजारको लागतमा स्वागत प्रवेशद्वार निमार्ण हुन लागेको हो ।

कोहलपुर नगरपालिकाको ३ लाख आर्थिक सहयोग र ५१ हजार जनश्रमदानमा निर्माण शुरु भएको प्रवेशद्वारको कोहलपुर नगरपालिका वडा नं. ८ का अध्यक्ष रेशम खत्रीले शिलान्यास गरेका छन् ।

प्रवेशद्वार निमार्ण कार्यलाई छिटो भन्दा छिटो सम्पन्न गर्नेगरी काम शुरु गरिएको वडाअध्यक्ष खत्रीले बताए ।

प्रकाशित मिति : १३ आश्विन २०७८, बुधबार १६:२४