सूचनाको शक्ति - The Power Of Information

        

एक महिलाको शव फेला

बझाङ । बझाङको जयपृथ्वी नगरपालिका–१० स्थित सेतीनदीमा रहेको पानकोट पुलको मुनी बुधबार एक महिलाको शव फेला परेको छ । जिल्ला प्रहरी कार्यालय बझाङका अनुसार झण्डै २५ वर्ष उमेरकी महिलाको शव पुल मुनी वेवारिसे अवस्थामा भेटिएको हो ।

पुलमुनी नदीको किनारमा ग्याविन जालीमा अड्किएको अवस्थामा महिलाको शव भेटिएको जिल्ला प्रहरी कार्यालय बझाङका डिएसपी रुपक खड्काले जानकारी दिए । महिलाको शव चिनिने अवस्थामा नभएको र थप अनुसन्धान भैरहेको समेत डिएसपी खड्काले बताए ।

प्रकाशित मिति : १३ आश्विन २०७८, बुधबार १५:३४