सूचनाको शक्ति - The Power Of Information

        

पालिका स्तरीय व्याटमिन्टन प्रतियोगिता गाभर भ्यालीमा आजबाट शुरु

बाँके । नेपाल राष्ट्रिय भूतपूर्व सैनिक संघ इकाइ कार्य समिति बैजनाथको आयोजनामा व्याटमिन्टन प्रतियोगिता संचालन गरिएको छ ।

विजया दशमी २०७८ को उपलक्ष्यमा भूतपूर्व सैनिक संघ इकाइ कार्य समिति बैजनाथले पालिका स्तरीय व्याटमिन्टन प्रतियोगिताको आयोजना गरेको हो । बैजनाथ गाउँपालिकाको आर्थिक सहयोग तथा समन्वयमा आज व्याटमिन्टन प्रतियोगता उद्घाटन गरिएको छ ।

उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै बैजनाथ गाउँपालिका अध्यक्ष मान बहादुर रुचालले शारिक रुपमा स्वच्छ जीवन यापनका लागि खेल महत्वपूर्ण रहेको बताए ।

रुचालले बैजनाथ गाउँपालिकाले खेलकुदको विकासका लागि वडा स्तरमा खेलमैदान निमार्ण खेलकुद प्रतियोगिता जस्ता कार्यक्रमहरु संचालन गरिएको बताए । उनले व्याटमिन्टन प्रतियोगिता सफल्ताको शुभकामना व्यक्त गरेका थिए ।

अध्यक्ष रुचालले कोर्डमा व्याटमिन्टन खेली उद्घाटन गरेका थिए । कार्यक्रमम बैजनाथ गाउँपालिका वडा न १ का अध्यक्ष रुप बहादुर मल्ल समाजसेवि लगाएतको सहभागिता रहेको थियो ।

उद्घाटन  सत्रको सभा अध्यक्ष नेपाल राष्ट्रिय भूतपूर्व सैनिक संघ इकाइ कार्य समिति बैजनाथ अध्यक्ष  मोहन सि राना मगरले गरेका थिए ।

प्रतियोगिता थारु भिलेज होमस्टे गाभर भ्याली मा संचालन भइरहेको छ ।

प्रकाशित मिति : १३ आश्विन २०७८, बुधबार १०:५५