सूचनाको शक्ति - The Power Of Information

        

राजनीति

३३ प्रतिशत महिला अनिवार्य हुने विधान ल्याउने एमाले अध्यक्ष ओलीको घोषणा

महाधिवेशन यही असोज १५ देखि १७ गतेसम्म

काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी ओलीले आउने विधान महाधिवेशनबाट पार्टीको केन्द्रीय कमिटीमा ३३ प्रतिशत महिला अनिवार्य हुने विधान ल्याउने घोषणा गरेका छन् ।

उनले  जनताको बहुदलीय जनवादको मार्गदर्शनमा त्यसलाई विकसित गर्दै समाजवादोन्मुख प्रणालीमा मुलुकलाई लान पार्टीले अगुवाइ गर्ने पनि जनाएका छन् ।

सम्पादकहरुले मंगलबार आयोजितको अन्तर्क्रियामा तत्कालीन नेकपा र एमालेको विभाजन रोक्न  तथा अघिल्लो नेतृत्वको सरकार टिकाएर पाँच वर्ष सञ्चालन गर्न नसक्नुमा अध्यक्ष ओलीको काम गर्ने शैली वा व्यवहार जिम्मेवार हो होइन भन्नेलगायतका प्रश्न अध्यक्ष ओलीलाई गरेका थिए ।

सम्पादकहरुले सञ्चार क्षेत्र सदैव आलोचक र जनपक्षीय हुने भएकाले यसले जुनसुकै सत्ताको पनि गलत कामबारे खबरदारी निरन्तर गर्ने स्पष्ट गरेका थिए ।

एमालेको पहिलो विधान महाधिवेशन यही असोज १५ देखि १७ गतेसम्म ललितपुरको गोदावरीस्थित सनराइज सम्मेलन केन्द्रमा गरिँदैछ ।

प्रकाशित मिति : १३ आश्विन २०७८, बुधबार ०८:३९