सूचनाको शक्ति - The Power Of Information

        

नेपालगञ्जमा परिक्षणकालीन सवारी चालक अनुमती पत्र वितरण सुरु

बाँके । नेपालगञ्ज स्थित यातायात ब्यवस्था कार्यालय, बाँकेले मंगलवार देखी परिक्षणकालीन सवारी चालक अनुमती पत्र विधिवत रुपमा वितरण सुरुवात गरेको छ।

परिक्षणकालीन सवारी चालक अनुमती पत्रको मंगलवार बाँकेका प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले पहिलो परिक्षणकालीन लाइसेन्स सेवाग्राहीहरुलाई वितरण  गरेर उदघाटन गर्नुभएको थियो।

कार्यक्रममा बाँकेका प्रहरी प्रमुख श्यामकृष्ण अधिकारी, बांके शसस्त्र प्रहरी प्रमुख अशोक बम, नेपालगञ्ज वडा प्रहरी पमुख डिल्ली खड्का लगायका ब्यक्ति हरुको उपस्थित रहेको थियो।

कार्यक्रम यातायात ब्यवस्था कार्यालय, बाँकेका निमित्त प्रमुख पूर्ण खत्रीको अध्यक्षतामा सम्पन्न भएको थियो ।

प्रकाशित मिति : १३ आश्विन २०७८, बुधबार ०८:०२