सूचनाको शक्ति - The Power Of Information

        

सेनेटरी प्याडमा मुल्यवृद्धिको विरोधमा नेपालगञ्जमा प्रदर्शन

बाँके । सेनेटरी प्याडमा भएको मुल्य वृद्धिको विराधमा मंगलवार नेपालगञ्जमा बिरोध प्रदर्शन गरिएको छ । महिनावारी मैत्री वातावरण बनाउन सरकारलाई दवाव दिने उद्देश्यले जिल्लाका युवाहरुले विरोध प्रदर्शन गरेका हुन् ।

‘स्वास्थ्य क्षेत्रमा हाम्रो योगदान, निःशुल्क सेनेटरी प्याड अभियान’ भन्ने नारासहित उनीहरुले वीपी चोकबाट ¥याली निकाले थिए । र्यालीसहित उनीहरुले बाँकेका प्रमुख जिल्ला अधिकारी, नेपालगञ्ज उपमहानगरपालिकाका मेयर तथा उपमेयरलाई ज्ञापन पत्र बुझाइएको अभियान्ता स्वेता गुरुङले जानकारी दिइन् ।

किशोरी अभियानमा क्रियाशील विभिन्न संघसंस्थाको आयोजनामा विरोध र्याली प्रदर्शन भएको हो । उनीहरुले कण्डम जस्तै सेनिटरी प्याडलाई पनि निःशुल्क गराउनु पर्ने माग राखेका थिए ।

पछिल्लो पटक सरकारले सेनिटरि प्याडमा कर बढाएको भन्दै उनीहरु सडकमा आएका हुन् ।

प्रकाशित मिति : १२ आश्विन २०७८, मंगलवार १८:२०