सूचनाको शक्ति - The Power Of Information

        

थलारा गाउँपालिकामा सिस्नु पाउडर र भटमासको तेल बनाउने मेसीन जडान

बझाङ ।  बझाङ जिल्लाको थलारा गाउँपालिका– ९ सिरेटामा सिस्नोको पाउडर बनाउने मेसिन जडान गरिएको छ ।

युयमएन र प्रगतिशिल युवासमाजको साझेदारीमा संचालित र्सिजना परियोजना अन्र्तगत सिर्जना परियोजनाले गठन गरेको नव प्रतिभा आयआर्जन कृषक समुहलाई सिस्नुको पाउडर उत्पादन गर्नको लागी ३५ हजार बराबरको मेसिन सहयोग गरेको हो ।

विपन्न तथा कोरोना महामारीको चपेटामा परेका स्थानीयहरुलाई रोजगार बनाउने उदेश्यले उक्त मेसिन समुहलाई वितरण गरेको र्सिजना परियोजनाका कार्यक्रम संयोजक बल बहादुर ओडले बताउनुभयो ।

नव प्रतिभा आयआर्जन कृषक समुहले उत्पादन गरेको सिस्नु पाउडरले थलारामा पर्यटन विकास तथा आर्थिक क्षेत्रको स्तरोन्नतिमा सहयोग पुग्ने समुहका अध्यक्ष प्रयागराज जोशीले बताउनुभयो ।

‘संस्थाले कल्पना पनि नगरेको कामको थालनी गरेर यहाँका विपन्नवर्गहरु एकल महिला, दलित महिला, जनजाति महिला लगायतका महिलाहरुको आर्थिक उन्नतिको बाटो सृजना गरेको जोशीको भनाई छ ।

समुहले मेसिनलाई लाभदायी र दिगोपन बनाउनमा ध्यान दिनु पर्ने र मेसीनलाई उपयुक्त ढंगले संचालन गरे थलारा सिरेटाको सिस्नुको पाउडर अन्तराष्टिय बजारमा समेत पुर्याउन सकिने र्सिजना परियोजनाकी म्यानेजर इन्द्रा राईले बताउनुभयो ।

सिस्नुको पाउडरको सेवन गर्नाले ग्यास्ट्रिक, गानुगोला, उच्च रक्तअल्पता, कम रक्तअल्पता, आँखाका रोग, शरीरमा एलर्जी हुनेजस्ता विभिन्न रोगीहरुको लागि लाभदायक मानिन्छ ।

त्यसै गरी थलारा गाउँपालिका– ५मा रहेको कोटभैरव साना किसान कृर्षि सहकारी संस्थालाई पनि युयमएन तथा प्रगतिशिल युवासमाजले करिब १ लाख ५० हजार बराबरको भटमासको तेल बनाउने मेसिन हस्तान्तरण गरेको कोटभैरव साना किसान कृर्षि सहकारीका अध्यक्ष हर्क बहादुर विष्ट बताउनुभयो । सहकारीमा हाल ५ सय १ जना सियर सदस्य रहेका छन् ।

थलारा गाउँपालिकामा लागु भएको प्रगतिशिल युवासमाज र युयमएनको साझेदारीमा संचालित र्सिजना परियोजना अन्र्तगत थलारा गाउँपालिकाका विभिन्न वडाहरुमा र कृर्षक समुहहरुमा मेसिन तथा कृर्षि उपज बस्तु बनाउन र वैदेशिक रोजगारीमा गएकाहरुलाई देशमै रोजगारी बनाउने उदेश्यले आफुहरुले कार्यक्रम मार्फत समुदाय स्तरमा स्वरोजगारमुलक विभिन्न कार्यक्रम गरेको प्रगतिशिल युवासमाजका कार्यकारी निर्देशक लवराज जोशीले बताउनुभयो ।

प्रकाशित मिति : ११ आश्विन २०७८, सोमबार १७:५६