सूचनाको शक्ति - The Power Of Information

        

नेपालगञ्जबाट १ लाख ४६ हजार मूल्य बराबरको अवैध सामान बरामद

बाँके । नेपालगञ्ज उपमहानगरपालिका–वडा १० बाट प्रहरीले अवैध सामान बरामद गरेको छ ।

भारतबाट भन्सार छलि भित्र्याईएको लत्ताकपडा, बल्ब, हार्डवेयरको सामान बरामद भएको प्रहरीले जनाएको छ ।

१ लाख ४६ हजार मूल्य बराबरको बरामद सामान थप कारवाहीका लागि नेपालगन्ज भन्सार कार्यालयमा बुझाइएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ११ आश्विन २०७८, सोमबार १७:३७