बाँके । बाँकेमा आइतवार थप ४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । ६५ नमुना परीक्षण गर्दा थप ४ ननामा भाइरस संक्रमण पुष्टि भएको हो ।
ती सबै जिल्लाका बाहिरका हुन् । यस्तै आइतवार थप ५ जना डिस्चार्ज भएका छन् । योसँगै डिस्चार्ज हुनेको संख्या भने १७ हजार ७ सय ९२ पुगेको छ ।
उपचार गराइरहेका मध्ये ६ जनाको अवस्था गम्भीर छ भने २ जनाको भेन्टिलेटरमा राखेर उपचार चल्दै छ । २२ जना मध्यम बिरामी रहेको बताइएको छ ।
।