सूचनाको शक्ति - The Power Of Information

        

श्रीमतीको हत्या गरेको आरोपमा बाँकेमा एक जना पक्राउ

बाँके । बाँकेमा श्रीमतीलाई कुटपिट गरी हत्या गरेको आरोपमा एक जना पक्राउ परेको छन् । कोहलपुर नगरपालिका ३ भगरीया बस्ने ३४ वर्षिय प्रकाश न्यौपालाई प्रहरीले श्रीमतीको हत्या अरोपमा पक्राउ गरेको हो ।

प्रकाशले आफ्नै श्रीमती लक्ष्मीलाई कुटपिट गर्दा गम्भीर घाइते भएको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको प्रहरीले उनलाई शनिबार राति प्रहरीले पक्राउ गरेको थियो ।

घाइते लक्ष्मीको मेडिकल कलेज कोहलपुरमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । पक्राउ परेकामाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १० आश्विन २०७८, आइतवार १९:०७