सूचनाको शक्ति - The Power Of Information

        

कञ्चनपुरका ९ वटै स्थानीय तहमा कांग्रेसको नयाँ नेतृत्व चयन

कञ्चनपुर । कञ्चनपुरका ९ वटै स्थानीय तहमा नेपाली कांग्रेसले नयाँ नेतृत्व चयन गरेको छ । शनिबार सम्पन्न भएको स्थानीय तहको अधिवेशनबाट नयाँ नेतृत्व चयन गरिएको हो ।

जिल्ला सदरमुुकाम समेत रहेको भीमदत्त नगरपालिकाको सभापतिमा अच्युतराज कलौनी विजयी भएका छन् । प्रतिद्वन्द्वी आशिष खत्रीलाई पराजित गर्दै कलौनी नगर सभापतिमा विजयी भएका हुन् । कलौनीले खत्रीलाई ११३ मतले पराजित गरे । उनले २५० मत पाउँदा खत्रीले २२७ मा चित्त बुुझाए ।

बेलौरी नगरपालिकाको नगर सभापतिमा पेपुराम चौधरी विजयी भएका छन् । प्रतिद्वन्द्वी विक्रम चन्दलाई १० मतले पराजित गर्दै उनी विजयी भएका हुन् । चौधरीले ९० मत पाउँदा चन्दले ८० मत मात्रै प्राप्त गरे ।

वेदकोट नगरपालिकाको सभापतिमा तुलाराम साहु, पुनर्वास नगरपालिकामा सुकबहादुर तामाङ, लालझाडी गाउँपालिकामा श्रीकृष्ण राना र बेल्डाँडी गाउँपालिकामा गजबहादुर विष्ट सभापतिमा विजयी भएका छन् ।

जिल्लाका अन्य तीन स्थानीय तहमा भने सर्वसम्मत रुपमा नेतृत्व चयन गरिएको छ । कृष्णपुर नगरपालिकामा विष्णु खड्का, शुक्लाफाँटा नगरपालिकामा दानबहादुर ऐर र दोधाराचाँदनी नगरपालिकामा राजेन्ऽ मल्ल सर्वसम्मत सभापतिमा चयन भएको नेपाली कांग्रेसले जनाएको छ ।

प्रकाशित मिति : १० आश्विन २०७८, आइतवार ०९:३४