सूचनाको शक्ति - The Power Of Information

        

राजनीति

एमाले केन्द्रीय कमिटी बैठक: महाधिवेशनमा पेश गरिने प्रतिवेदनलाई अन्तिम रुप दिने

शनिबारको बैठकमा के–के आए सुझाव

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको केन्द्रीय कमिटी बैठक आज (आइतबार) पनि बस्दैछ ।

शुक्रबारबाट काठमाडौँमा सुरु भएको बैठकमा शनिबार पार्टीको विधान राष्ट्रिय महाधिवेशनमा प्रस्तुत गरिने तीन वटा दस्तावेज (राजनीतिक प्रतिवेदन, संगठनात्मक प्रस्ताव र विधान संशोधनसम्बन्धी प्रस्ताव)माथि समूहगत छलफल सकिएपछि आइतबार बिहान पुन: ११ बजे बैठक  बस्ने गरी सकिएको थियो ।

आजको बैठकमा दस्तावेजमाथि आएका सुझावमाथि पार्टी अध्यक्ष केपी शर्मा ओली र प्रतिवेदन प्रस्तोताले प्रष्ट पार्ने बताइएको छ। त्यसपछि अध्यक्ष ओली र सुझाव पेश गर्न बनाइएका १० वटै समूहका समूह नेताबीच छलफल गरेर महाधिवेशनमा पेश गरिने प्रतिवेदनलाई अन्तिम रुप दिने तयारी छ ।

शनिबारको बैठकमा दश वटा टोली नेतालगायत केही स्थायी कमिटी सदस्यहरुले विभिन्न बिषयमा सुझाब राखेका थिए ।

शनिबारको बैठकमा के–के आए सुझाव

७० वर्षे उमेर हद कायम राख्ने ।

पदाधिकारी बढाउने ।

कार्यकारी पदमा दुई पटकभन्दा धेरै बस्न नपाइने ।

‘प्रादेशिक संरचनामा देश भएकाले सोही अनुसार पदाधिकारी पनि राख्नुपर्ने ।

आगामी निर्वाचनमा पहिलो पार्टी बन्न पार्टीको सम्पूर्ण ध्यान केन्द्रीत गर्नुपर्ने ।

जनताको बहुदलीय जनवाद (जबज)लाई परिमार्जनसहित अघि बढाउने ।

एमाले एकताको प्रतीक भएकोले विभाजनलाई एकतामा जोड्ने ।

प्रकाशित मिति : १० आश्विन २०७८, आइतवार ०८:३८