सूचनाको शक्ति - The Power Of Information

        

कोरोना कहर

बाँकेमा थप दुई कोरोना संक्रमितको मृत्यु, मृत्यु हुनेको संख्या ३ सय ३४ पुग्यो

दुवैको उपचारको क्रममा अस्पतालमै मृत्यु

बाँके । बाँकेको नेपालगन्जस्थित भेरी अस्पतालमा थप दुई कोरोना संक्रमितको मृत्यु भएको छ ।

बाँकेको कोहलपुर नगरपालिकाका २२ वर्षीय पुरुष र बर्दियाको बारबर्दिया नगरपालिकाका ७२ वर्षीय पुरुषको मृत्यु भएको जिल्ला स्वाथ्य कार्यालयले जनाएको छ । उनीहरुको दुवैको उपचारको क्रममा अस्पतालमै मृत्यु भएको हो ।

योसहित बाँकेमा जिल्लाभित्रै मृत्यु हुने कोरोना संक्रमितको संख्या ३३४ र बाहिरी जिल्लाबाट उपचारको लागि पुगेका ४१८ संक्रमितको मृत्यु भएको छ ।

प्रकाशित मिति : १० आश्विन २०७८, आइतवार ०८:३४