सूचनाको शक्ति - The Power Of Information

        

एकैदिन ४ लाख १० हजार बढि कोरोना मुक्त, संक्रमित कति ?

काठमाडौं । विश्वभर पछिल्लो २४ घण्टामा ४ लाख १० हजार ८३९ जना कोरानामुक्त भएका छन् ।

यो सँगै कोरोना मुक्त हुनेको संख्या २० करोड ८४ लाख ४४ हजार पुगेको छ ।

साथै पछिल्लो २४ घण्टामा ४ लाख ८५ हजार ८१० जना कोरोना संक्रमित थपिएका छन् ।

यो सँगै विश्वमा कोरोना संक्रमित हुनेको संख्या २३ करोड १८ लाख पुगेको छ ।

पछिल्लो २४ घण्टामा मात्रै ८ हजार २९४ जना सङ्क्रमितको मृत्यु भएको छ ।

यो सँगै कोरोनाबाट मृत्यु हुनेको संख्या साढे ४७ लाख पुगेको छ ।

प्रकाशित मिति : ९ आश्विन २०७८, शनिबार ०८:२०