सूचनाको शक्ति - The Power Of Information

        

वन्यजन्तु ओसारपसार मुद्दामा फरार प्रतिबादी ६ वर्षपछि पक्राउ

बाँके । वन्यजन्तु ओसारपोसार मुद्दामा फरार २ प्रतिबादी ६ वर्षपछि पक्राउ परेका छन् ।

जिल्ला प्रहरीका कार्यालय बाँकेका अनुसार राप्तीसोनारी गाँउपालिका वडा नम्बर ९ बस्ने ४४ वर्षिय मनिराम थारु र सोही ठाँउ बस्ने अर्का ४३ धनिराम थारुलाई प्रहरलिे पक्राउ गरेको हो ।

वन्यजन्तु ओसारपोसार मुद्दामा बाँके जिल्ला अदालतले २०७३।०३।१२ गते उनीहरुलाई ११ महिना १० दिन कैद सजाय तोकेको थियो । अदालतको फैसला लगत्तै फरार रहेका प्रतिबादीद्वय थारुलाई  (बिहीबार) प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ परेका उनीहरुलाई आवश्यक कारबाहीका लागि जिल्ला अदालत बाँकेमा बुझाइएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ८ आश्विन २०७८, शुक्रबार ०८:२२