सूचनाको शक्ति - The Power Of Information

        

हेर्नुहाेस् शुक्रबारको तपाईंको राशिफल

मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ) राम्रा काम गर्न सकिने हुनाले समाजमा मान सम्मानमा वृद्धि भएर जानेछ । पढाइमा प्रगति भएर जानेछ ।

वृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) यात्रा गर्दा वा भौतिक सम्पत्तिको प्रयोग गर्दा ध्यान दिनुहोला । खानपानमा ध्यान नदिए स्वास्थ्यमा समस्या आउन सक्छ ।

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) समय मध्यम रहेकोले प्राकृतिक स्रोत साधनको प्रयोग गर्दा ध्यान दिनुहोला । आफन्तसँग घरायसी कुरामा राय बाझिनेछ ।

कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) बुवासँग विचार नमिल्ने तथा राय बाझिनेछ । व्यापारमा लगानी गरि लाभ लिन सकिनेछ ।

सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे)  मन परेको मानिससँग यात्रामा निस्कन सकिनेछ । भाग्यले साथ दिने हुनाले सानो लगानीबाट लाभ लिन सकिनेछ ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो)  घरपरिवारका सदस्यसँग मनमुटाब सिर्जना हुनेछ । माया प्रेममा धोका तथा अविश्वास हुनेछ ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) मान सम्मान तथा इज्जत प्रतिष्ठा बढेर जानेछ ।  पढाइ लेखाइमा मन जानेछ ।

वृश्चिक(तो,ना,नी,नू,ने,नो,या,यी,यू) रोग लाग्ने तथा स्वास्थ्य सम्बन्धी समस्याले सताउनेछ । माया प्रेममा रमाउन चाहनेहरूका लागी समय मध्यम रहनेछ ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) विद्या, बुद्धि र सन्तान भावमा गोचर गर्ने शुभ चन्द्रमाले अध्ययनमा मन जानेछ ।  दाजुभाइसँग मिलेर गरिने व्यापार फस्टाएर जानेछ ।

मकर(भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) भौतिक सम्पत्तिको प्रयोग गर्दा ध्यान दिनुहोला । घर तथा देश छोडेर यात्रा गर्नुपर्दा मन खिन्न हुनेछ ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) समय मध्यम रहेकोले आट गर्न नसक्दा हातमा आइसकेको काम अरुकै पोल्टोमा पर्नेछ । लामो समय देखिको प्रेम सम्बन्धमा अविश्वास पैदा हुनेछ ।

मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) परिवारका साथ मिष्ठान्न भोजन ग्रहण गर्ने अवसर जुर्नेछ । पत्रकार,बैक तथा वित्तीय क्षेत्रमा काम गर्नेहरूका लागी समय उत्तम रहेको छ ।

प्रकाशित मिति : ८ आश्विन २०७८, शुक्रबार ०७:३७