सूचनाको शक्ति - The Power Of Information

        

नेपालगञ्जबाट अवैध सामान बरामद

बाँके । भारतबाट अवैधरुपमा नेपाल भित्र्याइएको विभिन्न सामग्री बाँके प्रहरीले बरामद गरेको छ ।

नेपालगञ्ज उपमहानगरपालिका–१७ बाट प्रहरीले अवैध सामान बरामद गरेको हो ।

भारतबाट भन्सार छलि भित्र्याईएको लत्ताकपडा, चिनी, पास्ता, मेशिनरी सामान बरामद भएको प्रहरीले जनाएको छ ।

१ लाख ५२ हजार ९ सय ७५ रुपैयाँ मूल्य बराबरको बरामद सामान थप कारवाहीका लागि भन्सार कार्यालयमा बुझाइएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ७ आश्विन २०७८, बिहीबार १८:३६