सूचनाको शक्ति - The Power Of Information

        

दुबै सदनको बैठक

संघीय संसदको दुबै सदनको बैठक आज बस्दै, यस्ता छन् कार्यसूची

विनियोजन विधेयक, २०७८ परित गर्ने तयारी

काठमाडौं । संघीय संसदको दुबै सदनको बैठक आज बस्दैछ । राष्ट्रियसभा र प्रतिनिधिसभाको बैठक दिउँसो २ बजे एकैसाथ सुरु हुनेछ ।

संघीय संसद सचिवालयले हिजो प्रतिनिधिसभा बैठकको सम्भावित कार्यसूची सार्वजनिक गरिसकेको छ ।

जसअनुसार अर्थमन्त्री जनार्दन शर्माले आर्थिक र राष्ट्र ऋण उठाउने विधेयकमाथि छलफल, संशोधनको प्रस्ताव तथा पारित गर्नका लागि प्रस्तुत गर्नेछन् । राष्ट्रियसभामा विनियोजन विधेयक, २०७८ परित गर्ने तयारी छ ।

गत मंगलवारको बैठकमा प्रमुख प्रतिपक्षी दल एमालेका सांसदहरुको विरोधबीच राष्ट्रिय सभाका सचिव राजेन्द्र फुयालले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त भएको ‘विनियोजन विधेयक, २०७८’ राष्ट्रिय सभा समक्ष टेबुल गरेका थिए ।

एमालेले नवौं अधिवेसन सुरु भएदेखि दुबै सदनमा अवरोध जारी राखेको छ । सरकारले लोकतन्त्र र पार्टीहरुलाई कमजोर बनाउनका लागि राजनीतिक दलसम्बन्धी अध्यादेश ल्याएको र एमालेले कारबाही गरेका सांसदहरुको सूचना सभामुखले टाँस नगरी पार्टी विभाजनमा भूमिका खेलेको भन्दै विरोध गरिरहेको छ ।

प्रकाशित मिति : ७ आश्विन २०७८, बिहीबार ०७:५५