सूचनाको शक्ति - The Power Of Information

        

थपिए १ हजार ४७८ कोरोना संक्रमित, ६ जनाको मृत्यु

काठमाडौँ । बुधबार नेपालमा थप १ हजार ४७८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

बुधबार १ हजार ६३० कोरोना संक्रमणमुक्त भएका छन्। हाल देशभर २१ हजार १३९ सक्रिय संक्रमित रहेका छन्।

गत चौबीस घन्टामा ११ हजार ६७ पीसीआर तथा २ हजार ८ सय ६३ एन्टिजेन परीक्षण भएको छ।

यससँगै हालसम्म मृत्यु हुनेको संख्या ११ हजार ५९ पुगेको छ। स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौँ उपत्यकामा थप ५६४ जनामा कोरोना संक्रमण देखिएको छ।

काठमाडौँमा ३५५, भक्तपुरमा ५८ र ललितपुरमा १५१ जनामा संक्रमण पुष्टि भएको हो। यस्तै पछिल्लो २४ घण्टामा देशभर ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ।

प्रकाशित मिति : ६ आश्विन २०७८, बुधबार १८:०१