सूचनाको शक्ति - The Power Of Information

        

कोरोना कहर

बाँकेमा कोरोना ग्राफ बढ्यो, आज मात्रै ३६ जना थपिए, थप ५ जना डिस्चार्ज

कुल संक्रमितको संख्या १८ हजार १ सय ७०

बाँके । बाँकेमा बुधवार थप ३६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

तीनवटा प्रयोगशालामा १४१ नमुना परीक्षण गर्दा ३६ जनामा भाइरस संक्रमण पुष्टि भएको हो । बुधवार संक्रमण पुष्टि भएका सबै भेरी अस्पतालमा गरिएको नमुना परीक्षण मध्येका हुन् ।

मेडिकल कलेज कोहलपुर र बागेश्वरी ल्यावमा ६२ नमुना परीक्षण गर्दा सबै रिपोर्ट नेगेटिभ आएको छ । ३६ जना संक्रमित मध्ये बाँकेमा २२ जना हुन् । नेपालगञ्जका १७, कोहलपुरका ३, खजुराका २ र राप्तीसोनारीका १ जना छन् ।

योसँगै बाँकेमा कुल संक्रमितको संख्या १८ हजार १ सय ७० पुगेको छ । यस्तै बुधवार थप ५ जना डिस्चार्ज भएका छन् । योसँगै डिस्चार्ज हुनेको संख्या १७ हजार ७ सय ६५ पुगेको छ ।

सक्रिय संक्रमितको संख्या ९४ पुगेको छ ।

प्रकाशित मिति : ६ आश्विन २०७८, बुधबार १७:४९