सूचनाको शक्ति - The Power Of Information

        

सुर्खेतको बजेडीचौरमा बस दुर्घटना, १२ जना घाइते

सुर्खेत । सिम्ता गाउँपालिका–४ बजेडीचौरमा बस दुर्घटनामा परी १२ जना घाइते भएका छन् । सिम्ताको देउली बजारबाट जामुने आउँदै गर्दा बुधबार बिहान करिब साढे १० बजे बस दुर्घटना भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार ना ७ ख ६०६३ नम्बरको बस ब्रेक फेल भई सडकबाट करिब १५ मिटर तल खसेको छ । बसमा सवार २४ जना यात्रुमध्ये १२ जना घाइते भएको प्रहरी निरीक्षक नन्दराम जैशीले जनाकारी दिए ।

प्रहरी निरीक्षक जैशीको कमाण्डमा खटिएको प्रहरी टोलीले घाइतेहरूको उद्धार गरी स्थानीय मेहलकुना अस्पतलामा उपचार भइरहेको प्रहरीले जनाएको छ । उद्दारमा खटिएको प्रहरीका अनुसार दुर्घटनामा घाइते भएका सबैको अवस्था सामान्य रहेको छ ।

प्रकाशित मिति : ६ आश्विन २०७८, बुधबार १७:०५