बझाङ । विद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण गरेपछी सामुदायिक विद्यालय तर्फ आकर्षण बढेको छ ।
अभिभावक तथा विद्यार्थीहरुको आकर्षण निजी विद्यालय तर्फ बढ्दै गएका बेला बझाङ जिल्लाको जयपृथ्वी नगरपालिका र केदारस्युँ गाउँपालिकामा रहेका सामुदायिक विध्यालयमा अध्ययनरत तथा अति जोखीममा रहेका विद्यार्थीलाई जिल्लामा संचालित गैरसरकारी संस्था प्रगतिशिल युवासमाजको साझेदारी तथा वल्र्ड भिजनको सहयोगमा स्कुल ब्याग, पोसाकसंगै शैक्षिक सामाग्री वितरण गरे पछी विध्यालय आउने विध्यार्थिको संख्या बढेको निलकट्टि माध्यामिक विध्यालय दैकुमलाका प्रधानाध्यापक प्रेमराज जोशीले बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘पहिला २ सय ५० जना विध्यार्थीहरुका लागी एउटै धारा मात्र थियो । पानी खान धारामा लाईन लाग्नु पर्ने अवस्था थियो । संस्थाले सहयोग गरेपछी अहिले अपाङ्गता तथा बालमैन्त्री धाराहरु बनेका छन् । १ देखी ९ कक्षा सम्म ३ सय १९ जना विध्यार्थि संख्या छ । अहिले पहिलेको तुलनामा ९५ प्रतिशत विध्यार्थिहरु उपस्थिति हुने गर्दछन् ।’

जयपृथ्वी नगरपालिका–११ डाँडा गाउँमा रहेको नाननदेव आधारभुत विध्यालयमा पनि संस्थाले सामुदायिक विध्यालयमा पठनपाठन गर्ने तथा अति जोखीममा परेका बालबालिकाहरुलाई झोला, पोसाक संगै शैक्षिक सामाग्री वितरण कार्यक्रमको आयोजना गरी जयपृथ्वी नगरपालिकाका १५ वटा, केदारस्युँ गाउँपालिकाका १५ वटा विद्यालयका बिद्यार्थीहरुलाई झोलासंगै कापि, पेनसिल, पोसाक दिइएको छ ।

बझाङका ३० विद्यालयका अति जोखिममा रहेका १ हजार २ सय ५४ जना विद्यार्थीलाई झोला, पोसाक शैक्षिक सामाग्री दिइएको हो ।
नाननदेव आधारभुत विध्यालयका प्रधानाध्यापक बौकास बहादुर शाहीले संस्थाले विध्यार्थिहरुलाई मात्र नभएर विध्यालयलाई पनि कार्पेट, राउन्ड टेवल, ब्राहखरी लगाएतका चार्ट सामाग्री विध्यालयमा धारा निर्माण, पानी ट्याङ्की, ह्यान्डवासिङ कर्नर, अविभावक, शिक्षक, विध्यार्थिहरुका लागी आचारसंहिता बोर्ड लगाएतका भौतिक संरचना बनाउन समेत सहयोग गरेको र शिक्षा नै समग्र विकासको मेरुदण्ड भएकाले आफ्ना बालबालिको पढाईमा सघाउन अभिभावकहरुलाई आग्रह गर्नुभयो ।

विद्यार्थीलाई शैक्षिक सामाग्री र विध्यालयको भौतिक संरचनाका साथै शैक्षिक सामाग्री थोरै भए पनि सहयोगी संस्थाले शैक्षिक सामाग्री प्रदान गरेकोमा धन्यवाद दिँदै उनले बालबालिकाको पठनपाठनमा अभिभावकले ध्यान दिनुपर्ने बताउनुभयो ।
उहाँले भन्नुभयो,‘ संस्थाले कार्पेट राउन्ड टेवल र पिफम सहयोग गर्नु भन्दा पहिला विध्यार्थिहरुले भुईमा बस्नु पर्ने अवस्था थियो । धोएका लुगाहरु एकैचोटी मैलो हुने समस्या थियो ।

बालबालिकाहरु भुईमा बसेर बेलाबेलामा चिसो लागेर विरामी हुने गर्थे । ’ संस्थाले सहयोग गरेको कार्पेट ओछ्याएर, राउन्ड टेबुलमा कपी राखेर लेख्न पाउँदा विध्यार्थिहरुलाई पनि सहज भएको शाहीको भनाई छ ।
सरकारले ल्याएको नयाँ शिक्षा ऐनमा सामुदायिक विद्यालयमा अध्ययन गर्ने विद्यार्थीलाई मात्र छात्रावृत्ति दिने उल्लेख गरेकाले महंगो शुल्क तिरी निजी विद्यालयमा अध्ययन गर्नु भन्दा मेहनत गरी सामुदायिक विद्यालयमा अध्ययन गर्नुपर्ने समेत शाहीले बताउनुभयो ।
।