सूचनाको शक्ति - The Power Of Information

        

पङ्खामा झुण्डिएको अवस्थामा भेटियो युवतीको शव

बाँके । बाँकेमा झुण्डिएको अवस्थामा एक युवतीको शव भेटिएको छ । नेपालगन्जको पुष्पलाल चोकमा रहेको दुल्लु सिम्ताली भिजन होटलको कोठामा रहेको पङ्खामा झुण्डिएको अवस्थामा १७ वर्षिय युवतीको शव भेटिएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।

प्रहरीका अनुसार बारबर्दिया नगरपालिका–८ बर्दियाकी १७ वर्षिय सोनी परियारको शव होटलको कोठाको पङ्खामा झुण्डीएको अवस्थामा भेटिएको हो । सोमबार बेलुकी ५ बजेको समयमा स्थानीयले खबर गरेपछि घटनास्थल पुगेको प्रहरीले घटनाको अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता मधुसुदन न्यौपानेले बताए ।

प्रहरी स्रोतका अनुसार, शनिबार असोज २ गतेदेखि उक्त होटलमा बस्दै आएकी परियार कोठाको पङ्खामा सलको पासो लगाएर झुन्डिएको अवस्थामा भेटिएकी हुन् । पोष्टमार्टमका लागि शवलाई भेरी अस्पताल पठाइएको र घटनाबारे अनुसन्धान प्रक्रिया अघि बढाइएको प्रहरी नायव उपरीक्षक न्यौपानेले बताए ।

प्रकाशित मिति : ५ आश्विन २०७८, मंगलवार १८:३७