सूचनाको शक्ति - The Power Of Information

        

राजनीति

नेपाली कांग्रेसको काठमाडौंसहित ७ जिल्लामा आज वडा अधिवेशन हुने

१३ जिल्लाको वडा अधिवेशन भने सुरु भएको छैन

काठमाडौं । नेपाली कांग्रेसको काठमाडौंसहित ७ जिल्लाको वडा अधिवेशन आज हुने भएको छ ।

आज हुने अधिवेशनबाट वडा कार्यसमिति र क्षेत्रीय प्रतिनिधि चयन हुनेछन् । आज वडा अधिवेशन हुने जिल्लाहरूमा काठमाडौं, काभ्रे, सिन्धुपाल्चोक, कपिलबस्तु, बर्दिया, बाजुरा र मोरङ रहेको कांग्रेस निर्वाचन समितिले जनाएको छ ।

मोरङमा क्रियाशील सदस्यता विवाद भएपछि एक पक्ष अदालत पुगेको छ । सहमहामन्त्री सुनिलबहादुर थापा पक्षले अधिवेशन रोक्न माग गर्दै सोमबार उच्च अदालतमा रिट निवेदन दर्ता गराएको हो ।

थापा पक्षले अधिवेशन सम्बन्धी सबै प्रक्रिया रोक्न माग गरेको छ । राष्ट्रिय प्रजातन्त्र पार्टी छाडेर कांग्रेस प्रवेश गरेका थापासँगै कांग्रेसमा आएकाहरूले क्रियाशील सदस्यता नपाएको गुनासो गरेका छन् ।

कांग्रेसले समयमै क्रियाशील सदस्यताको टुंगो नलगाउँदा आज गर्ने भनिएको १३ जिल्लाको वडा अधिवेशन भने सुरु भएको छैन । समयमै वडा अधिवेशन हुन नसक्दा कांग्रेसले ९ असोजमा गर्ने भनेको पालिका अधिवेशन प्रभावित हुने भएको छ । वडा सभापति र क्षेत्रीय प्रतिनिधि पालिका अधिवेशनका मतदाता हुन्छन् ।

राजधानी काठमाडौंको वडा अधिवेशनलाई महत्वकासाथ हेरिएको छ । काठमाडौंमा १० निर्वाचन क्षेत्र र २० प्रदेश निर्वाचन क्षेत्र छन् । काठमाडौं महानगरपालिकासहित ११ स्थानीय तह रहेको काठमाडौंमा १ सय ३८ वडा छन् । काठमाडौंमा कांग्रेसका ३० हजारभन्दा बढी क्रियाशील सदस्यहरू छन् ।

कांग्रेसले गाउँरनगरपालिका अधिवेशन असोज गते, प्रदेशसभा क्षेत्रीय अधिवेशन असोज १२ गते र प्रतिनिधिसभा क्षेत्रीय अधिवेशनरएक मात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन असोज १५ गते निर्धारण गरेको छ ।

प्रकाशित मिति : ५ आश्विन २०७८, मंगलवार ०८:३७