सूचनाको शक्ति - The Power Of Information

        

सशस्त्र प्रहरी बाँकेद्धारा ठुलो परिमाणमा अवैध सामान बरामद

बाँके । सशस्त्र प्रहरीको बिओपी गस्तीले नेपालगञ्जको सिमा नाकाबाट भारतबाट भित्रिँदै गरिएको ठुलो परिमाणमा अवैध सामग्री बरामद गरेको छ ।

सशस्त्र प्रहरीको नेपालगञ्ज भन्सारस्थित जमुनाहा बिओपीका प्रमुख सशस्त्र प्रहरी निरीक्षक जिबनलाल बुढाको नेतृत्वमा गएको गस्ती टोलीले भारतबाट तस्करहरुले भन्सार छली गरेर ल्याउँदै गरेको लाखौं रुपैयाँ बढीका अवैध लत्ताकपडा एबम किराना सामग्री बरामद गरेको सशस्त्र प्रहरी बल नम्बर ३० गण बागेश्वरी बाँकेले जानकारी दिएको छ ।

बिशेष सुराकीका आधारमा नेपालगञ्ज १५ जमुनहा गाउँ नजिकै इलाका प्रहरी कार्यालय जमुनहादेखि पुर्वतिरको बाटो हुँदै भारतबाट ठुलो परिमाणमा कपडा आइरहेको सूचना आए लगत्तै सशस्त्र प्रहरी निरीक्षक बुढाको टोलीले त्यसतर्फ गएर सोमवार बिहान साढे १० बजे उक्त अवैध सामग्रीहरु बरामद गरेको सशस्त्र प्रहरीले जानकारी दिएको छ ।

बरामद गरिएका सबै अवैध सामाग्रीलाई आबश्यक कारबाहीका लागि सोमवारनै नेपालगञ्ज भन्सार कार्यालय बुझाइएको सशस्त्र प्रहरीले जनाएको ।

प्रकाशित मिति : ४ आश्विन २०७८, सोमबार १७:२३